समय सान्दर्भीक कविता: कुर्ची

कुर्ची

कुर्चीको खेल कस्तो अचम्म,
आफूसँग बसिदिँदा गरिदिन्छ झम्म ।
ख्याउटे शरीर लिएर बस्दा,
क्षणभरमै बनाइ दिन्छनी टम्म ।।

मोहनी जालमा फस्सिएर हो की,
माया प्रिति गाँस्सिएर हो की ।
छुटाउन खोज्दानी छुटाउनै नसकिने,
अलकत्र त्यसमा टाँस्सिएर हो की ।।

त्यसमा बसेसी नेता भइन्छ,
देश विदेश घुम्न गइन्छ ।
यतिमात्र कहाँ हो र हजुर,
जहानलाई समेत चइनै चइनछ ।।

कुर्चीमा पराई आउँछकि कतै,
श‌ंका गर्छन् जताततै ।
राज्यको ढुकुटी पासोमा परी,
निजि ढुकुटीमा सार्छन् फटाफटै ।।

देश मरोस् कि जनता मरोस्,
जनता दोभानमा परे परोस् ।
साँस रहुन्जेल छाड्दिन भन्छ,
म माथी असिना झरे झरोस् ।।

नेपाल आमा तिमि मरिरहेछ,
नेताले चयन गरिरहेछ ।
मोटाइरहेका नेतालाई देख्दा,
कुर्चीनी अचम्म परिरहेछ ।।

ए.. नेता हो !
कुर्चीको मोह नगर अति,
हुन सक्छ एकदिन खती ।
संसार त्यागेर जानुछ एकदिन,
नगर नेताले यस्तो मति ।।

✍️ नवल थापा
बिरुवा गा‍ पा–५, स्याङ्जा
हाल: बिरुवा बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *