विदेशी च्यानल २४ घण्टाको लागी किन बन्द भयो ?? के हो Clean Feed ??

लगभग २ दशक पहिले नेपाली बजार मा धेरै जसो नेपाली सामानहरु कै बाहुल्यता थियो ।
Lacto, Orange ball, Pashupati Biscuits, Brighter, Gorakh Kali Tyre हरु जस्ता नेपाली brand हरु नै बजार मा थिए । समय परिवर्तन संगै TV को प्रभाब बढ्दै गयो, अनि झन् बिदेशी TV कै प्रभाब नेपाल मा बढ्यो त्यो संगै नेपाली brand हरु को प्रभाब चाहिँ घट्दै गयो भने कति brand त बजार मा टिक्न नसकेर लोप नै भयो ।

कारण किन त ?

के नेपाली सामानहरु गुणस्तरहिन थिए ? के नेपाली सामान को मुल्य धेरै थियो ? गुणस्तरीय र सामान्य मुल्य भए पनि किन नेपाली सामान ले विदेशी ब्राण्ड सँग प्रतिस्पर्धा गर्न सकेन त ?

नेपाल मा धेरै हेर्ने भनेकै विदेशी channel हो । त्यहाँ सहज रुपमा विदेशी Multinational Brand को आकर्षक बिज्ञापन आउँछ र उसले नेपाल मा विज्ञापन मा खर्च नै गर्नु परेन । मान्छे ले त्यतिकै उस्को सामान किन्ने भयो । जस्तै Colgate, Closeup, Dabar, Hyundai देखि धेरै को उस्को नेपाल मा branding cost नै परेन । तर त्यही स्तर को नेपाली सामान हरु लाई बजार मा branding र बिज्ञापन गर्न जहाँ उपभोक्ता छ हाम्रो त्यहाँ कुनै हाम्रो पहुँच पुग्न एकदम गाह्रो छ । किन कि हामी उपभोक्त्ता भएको ठाँउ मा पुग्नै सक्दैनौ । अब clean feed आएपछी नेपाली सामान ले पनि उत्तिकै अवसर र स्रोत मा बिदेशी brand सङ्ग competition गर्न सक्ने हुन्छ |

Clean Feed के हो त ?

Clean Feed भनेको नेपाल मा जुन सुकै विदेशी TV बिना विज्ञापन देखाउने प्रावधान हो ।
हो पछी नेपाल मा customized विज्ञापन राख्न पाइन्छ, त्यस ले नेपाली विज्ञापन बजार लाइ धेरै माथि मात्र होइन की सम्पूर्ण नेपाली अर्थतन्त्र र साँस्कृतिक आक्रमण लाइ नै रोक्न मद्दत गर्छ ।
जस्तै nestle ले नेपाल मा विज्ञापन गर्दै गर्दैन तर अर्बौ रुपैँया को नेपाल मा त्यसको sales छ, त्यसको विज्ञापन नेपालीहरु धेरै ले हेर्ने StarPlus, Sony, ZeeTV मा आउँछ, सिधै उसको बजार मा उसको पहुँच पुगी सकेपछी किन उसले फेरी नेपाल मा विज्ञापन मा खर्च गर्नु पर्यो र, जब कि त्यही स्तर को नेपाली सामान लाइ त्यो level को विज्ञापन गर्नु परे अर्को करोडौ खर्च गर्नु पर्ने अवस्था आउँछ, अनि कसरी नेपाली सामान ले बिदेशी सँग competition गर्ने त ।

दीपक राज गिरी लेख्नुहुन्छ: देश को सिमाना मिचे नापेर लिन मिल्छ, हाम्रो सँस्कृती मिचे कसरी फिर्ता लिने ?
अहिले को युवा, बच्चाहरु बिदेशी सँस्कृती हेरेर हुर्केका छन बिदेशी कला साहित्य मै उनिहरु को रुची छ, कारण हाम्रो कला साहित्य लाइ बजारीकरण गर्न हामी सकी राख्या छैनौ ।
सबै एउटा ठूलो नेपाली फिल्म लाई promotion गर्न 50 लाख देखि 1 करोड लाग्छ तर नेपाल मा हिन्दी फिल्म को 1 लाख नि लाग्दैन तर चल्ने हिन्दी फिल्म धेरै हो ।
हामी किन आमिताब, सलमान, आमिर खान लाइ बिज्ञापन मा हेर्ने, हामी सँग हाम्रो कलाकार छैनन् र अनि हाम्रो आफ्नो आफ्नो पहिचान छैन र ? #wewantcleanfeed

हरी व‌श आचार्य लेख्नुहुन्छ: नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राविधिक ।
#wecanlivewithnepalichannelonly

रवि लामिछाने लेख्नुहुन्छ: पैसा तिरेर हेर्नुपर्ने बिदेशी च्यानलमा विज्ञापन हुनु अन्तर्राष्ट्रिय मान्यता बिपरित छ। विज्ञापन हेरेको त उल्टो पैसा पाउनु पर्ने हो। क्लिन फिड भयो भने नेपाली बजार चाहिने बिदेशी सामानहरुले नेपालमै विज्ञापन बनाउछ्न। नेपाली मोडल, कलाकार, प्राविधिकले रोजगारी पाउछन्। विज्ञापन एजेन्सी र नेपाली मिडियाको ब्यापार बड्छ, मुलुकको राजस्व बढ्छ। ब्यापार बढेपछी नेपाली टेलिभिजनहरुको गुणस्तर बढ्छ। गुणस्तरीय नेपाली च्यानलबाट चित्त नबुझ्नेले महङ्गै भएपनि विज्ञापन रहित बिदेशी च्यानल किनेर हेर्छन् । तुलनात्मक रुपमा नेपाललाई कयौ गुणा फाइदा छ । क्लिन फिड प्रणालीमा सरकारलाई मेरो पुर्ण समर्थन छ।

उक्त्त नेपाल सरकारले ल्याउन लागेको Clean Feed सम्बन्धी नियम को विरोध मा नेपालका केबल तथा DTH सेवा प्रदायक कम्पनीहरु मिलेर २४ घण्टाको लागी बिदेशी च्यानलहरु बन्द गरेको हो ।

विभिन्न अनलाईन माध्यमहरु बाट साभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *