दोहोरियो ट्याक्टर दुर्घटना

स्याङ्जा को राङ्खोला बिरुवा सडक खण्ड अन्तर्गत गोब्रेखोलामा भन्ने ठाउँमा ग १ त ५४९७ न‌ं. को ट्याक्टर दुर्घटना भएको छ ।

ट्याक्टर राङ्खोला तिर बाट बिरुवा जाने क्रममा दुर्घटना भई सडक देखि करिव ३० मिटर तल खसेको छ । ट्रली भने ईन्जिन बाट छुट्टिएर करिव ५० मिटर तल पुगेको छ ।

ट्याक्टरमा सवार चालक, सह-चालक र एक जना यात्रु मध्य चालक र सह-चालकलाई सामान्य चोट लागेको र एक जना यात्रु गीर कुमारी सार्की लाई अलि बढी चोट लागेको तर अवस्था सामान्य नै रहेको बताईएको छ । घाईतेहरु तीनै जनालाई बिरुवा स्वास्थ्य चौकी, बिरुवा मा लगि उपचारत अवस्थामा राखिएको छ । र थप उपचार आवश्यक परे जिल्ला अस्पताल स्याङ्जामा लान सकिने कुरा स्वास्थ्य चौकिका प्रमुख ज्यू ले बताउनुभयो ।

दुर्घटनाको प्रमुख कारण ओभर स्पीड नै रहेको देखिन्छ । प्रत्यक्षदर्शीहरुका अनुसार ट्याक्टर एकदमै द्रुत गतिमा आएको थियो । चालकका अनुसार ब्रेक लगाउँदा दुवै चक्कामा ब्रेक नलागेको कारणले गर्दा दुर्घटना हुन पुग्यो भन्नुहुन्छ ।

अर्कोतर्फ दुर्घटना स्थल बाटो निर्माणाधीन अवस्थामा रहेको स्थानबाट ट्याक्टर दुर्घटना भएको छ । “निर्माण कार्य भईरहेको छ, बाटो निषेध” भन्ने सुचना टाँस हुदा हुदै पनि सवारीहरु निर्माणाधीन बाटोमा गुडिरहेका छन् । फलस्वरुप प्राविधिक त्रुटी, ओभर स्पीड र निर्माणाधीन अवस्थामा रहेको बाटोमा सवार भएकोले नै यो दुर्घटना भएको देखिन्छ ।

भविष्यमा यस्ता प्रकारका दुर्घटना हुन नदिन वा कम गर्नको लागी प्राविधिक कुराहरुमा ध्यान पुर्याउने देखि लिएर गुणस्तरीय अपरेटर तालिम, दुर्घटना हुन सक्ने कारक तत्व तथा जोखिमहरुको बारेमा अभिमुखीकरण, पूर्वाधार विकास आदि कुराहरुमा बेलैमा ध्यान पुर्याउनु पर्ने जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *