गाउँपालिकालाई ज्ञापन पत्र

नेपाल मगर संघ, बिरुवा गाउँपालिका, स्याङ्जाले बिरुवा गाउँपालिका, स्याङ्जालाई ज्ञापन पत्र बुझाएको छ । मिति २०७६ असाढ ४ गते बिरुवा गाउँपालिका अध्यक्ष ज्यू लाई नै भेटेर ज्ञापन पत्र बुझाइएको जानकारी स‌ंघ का सचिव श्री टोम बहादुर थापा मगर (सुन्दर) ले जानकारी गराउनुभयो ।

“बिरुवा गाउँपालिकामा मगर जातिहरुको बाहुल्यता भएको गाउँपालिका हो, तसर्थ नेपालको स‌ंविधानमा व्यवस्था भएबमोजिम हाम्रो विविध माग का साथ ज्ञापन पत्र बुझाएका हौ‌ं ।” – नेपाल मगर संघ, बिरुवा गाउँपालिका का अध्यक्ष श्री खड्क बहादुर राना मगर ज्यू ले भन्नुभयो । साथै हाम्रो यस गाउँपालिका भित्र विभिन्न ठाउँमा मगर जातीहरुको ठूलो बस्ती भएको र त्यहाँ आधारभूत तहका स्कूलहरु पनि रहेको हुँदा, त्यस्ता ठाउँहरुमा उनीहरुकै मातृभाषामा पठनपाठन गराउन पाएमा उनीहरुलाई सहज हुने कुरा बताउनुभयो ।

अनुदान तथा दरबन्दी माग सम्बन्धी ज्ञापन पत्रमा मगर जातीको बाहुल्यता भएको ठाउँ यसै बिरुवा गाउँपालिका वडा नं. २ मा अवस्थित श्री आद‍िकवि जीत आधारभूत विद्यालय र वडा नं. ४, ओरष्टे मा अवस्थित श्री जनप्रिय पिपल भञ्ज्याङ्ग आधारभूत विद्यालय मा स्थानीय समुदयको पहलमा भाषा शिक्षकको व्यवस्था गरी मगर भाषा पठनपाठन विगत देखि गरिदै आएको हुनाले, अब गाउँपालिका बाट समुचित अनुदान तथा दरबन्दी शिक्षकको माग गरिएको छ ।

“हाम्रो देश विभिन्न जातजाती तथा भाषा सँस्कृती ले सजीएको देश हो । त्यस भित्र मगर जाती को पनी आफ्नै भाषा र सँस्कृती रहेको छ । आफ्नै मौलीक भाषा र सँस्कृती जोगाउन सकिएमा देश चिनाउनमा टेवा पुग्नेछ । भाषा तथा सँस्कृति देशकै गहना भएको कारणले गर्दा यसलाई जोगाउनको निम्ती यस्ता खालको पहल भएको हो ।” भन्ने कुरा संघका विज्ञहरुले बताउनुभयो ।

ज्ञापन पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *